भरतपुरमा एमालेका ज्ञवाली १५४१ मतले अगाडि
भरतपुर महानगरपालिकामा जारी मतगणना अनुसार एमालेबाट मेयरका उमेदवार देवि ज्ञवाली १,५४१ मतले अगाडि छन् ।
हालसम्म प्राप्त मत परिणाम अनुसार ज्ञवालीले ३१,४६२ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रकी रेणु दाहालले २९,९२१ मत प्राप्त गरेकी छन् ।
उपमेयरमा नेपाली कांग्रेसकी पार्वती शाह ठकुरीले ३२,२८२, एमालेकी दिव्य शर्मा आचार्यले २८,४९६ मत प्राप्त गरेका छन् ।
अहिले वडा नं. १५ को २३०० मत गणना भइसकेको छ भने १५ को बाँकी र १६ देखि २५ नम्बरका वडाहरुको मत गणना बाँकी छ ।
-सच्याइएको