सेवा सुविधा माग गर्दै पूर्व सांसदहरु
पूर्व सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी पूर्व सांसदहरुलाई सेवा, सुविधा र मर्यादा दिन माग गरेका छन् ।
पूर्वव सांसद मञ्चका सदस्यहरुले आज प्रधानमन्त्रीलाई भेटी आफ्ना लिखित मागहरु बुझाएका हुन् ।
उक्त अवसरमा प्रधानमन्त्री दाहालले पूर्व सांसदको समाजमा मर्यादाका विषयमा आफू सकारात्मक भएको भन्दै सेवा र सुविधाका विषयमा भने ऐनकै आवश्यकता पर्ने भएकाले यो विषयलाई अन्य पक्षहरुसँगसमेत छलफल गर्ने वताए ।
उनले सांसादहरुलाई आफ्नो अनुभव र ज्ञान राज्यको हितमा लगाउन आग्रह गरे ।
आज विहान पूर्व सांसद मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठको नेतृत्वमा प्रम निवास बालुवाटारमा पुगेको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले देशको विकास र राजनीतिक स्थिरताका लागि आफ्नो ठाउँवाट आवश्यक भुमिका खेल्न पूर्व सांसदहरुलाई आग्रह गरेका थिए ।