अन्तर्राष्ट्रिय महिला बहस सम्पन्न
डिबेट नेटवर्क नेपालको आयोजनामा अन्तर्राष्ट्रिय महिला बहस प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगिता महिला सशक्तिकरणमा कार्यरत जोन्टा अन्तराष्ट्रियसँग आबद्ध जोन्टा क्लब काठमाडौँको प्रायोजन तथा नामी कलेज र युवा अभियान संस्थासँगको सहकार्यमा गरिएको हो ।
काठमाडौँको नामी कलेजमा चार दिनसम्म चलेको बेलायती संसदीय पद्धतिमा आयोजित उक्त प्रतियोगिताको मुख्य विधाको उपाधि बङ्गलादेशको ब्राक विश्वविध्यालयले जितेको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ठ वक्ता ब्राककै रिफायत राइसा र सर्वोत्कृष्ठ निर्णायक डिबेट नेटवर्क नेपालका अध्यक्ष प्रदिप घिमिरे घोषित भएका छन् ।
२१ नेपाली र तीन अन्तर्राष्टिीय टोली सम्मिलित प्रतियोगिताको मुख्य निर्णायक प्यानलमा नेपालकी निष्मा गौतम र बङ्गलादेशकी राद शरार थिए ।