राजधानीमा नाडा अटो मेला शुरु (पाँच तस्वीर)
अटो मोबाइल्स एसोसियसन अफ नेपाल(नाडा) ले ‘११ औँ अटो सो’ शुरु गरेको छ । विभिन्न ३६ वटा ब्राण्ड सहभागी मेलाको अर्थमन्त्री कृष्णबहादुर महराले १४ भदौमा उदघाटन गरेका हुन ।
मेलामा विभिन्न कम्पनीका कुल एकसय २५ कक्ष राखिएको आयोजकले जानकारी दिएको छ । दशैं तिहारमा गाडी खरिद गर्नेहरुलाई लक्षित गरेर नाडाले बर्सेनि मेला आयोजना गर्दै आएको छ । यसले अटोमोवाइल्स क्षेत्रको विकास र प्रवद्र्धनमा टेवा पुग्ने आयोजकको विश्वास छ ।
प्रदर्शनीका संयोजक तथा सिप्रदी ट्रेडिङ् प्रालिका कार्यकारी अधिकृत शम्भु दाहालले प्रदर्शनीस्थल अपुग भएकाले सबै व्यवसायीलाई समेट्न नसकेको जानकारी दिए । मेला ६ दिनसम्म जारी रहने आयोजकले जनाएको छ ।
तस्वीरहरूः विक्रम राई र रासस