ताप्लेजुङमा बस दुर्घट्ना सिनाम क्याम्पस प्रमुख सहित २५ घाइते
ताप्लेजुङको श्रीजंगा गाउँपालीका–२ स्थित हप्पुखोलामा बस दुर्घटना हुँदा २५ यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर छ ।
ताप्लेजुङबाट झापाको बिर्तामोड तर्फ जाँदै गरेको ना ४ ख ७४१४ नम्बरको बस बेलुका करिब ६ बजे दुर्घटना भएको हो ।
दुर्घटनामा सिनाम बहुमुखी क्याम्पसका प्रमूख महेन्द्रप्रसाद गौतम सहित २ जनाको अवस्था गम्भीर रहेको सिनाम प्रहरीले जनाएको छ ।
घाईतेलाई दुईवटा जीपमार्फत उपचारका लागि जिल्ला अस्पताल पाँचथर ल्याइँदैछ । घाइते सबैको परिचय खुलेको छैन ।
लक्ष्मी गौतम, पाँचथर