रेनोको क्विड र डस्टर नेपालमा
विशाल समूहको साझेदारीमा रेनो, फ्रान्सेली बहुदेशीय अटोमोबाइल उत्पादक नेपाली बजारमा प्रवेश गरेको छ । विशाल समूह अन्तर्गतको एड्भान्स अटोमोबाइल्स प्राइभेट लिमिटेडले रेनोको क्विड र डस्टर सेगमेन्टको कारहरू भित्र्याएको छ । दुबै कार ११ संस्करणको अटोमोबाइल एक्स्पो, नाडा अटो शो मा प्रदर्शन गरिने कम्पनीले जनाएको छ ।
रेनो समूहका, भारतीय उपमहादेशीय संचालनका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक सुमित सहानीले रेनो द्रूत गतिमा अगाडि बढिरहेको विश्वव्यापी अटोमोटिभ ब्राण्ड भएको बताए । नेपालमा पहिलो बितरकको रुपमा एडभान्स अटोमोबाइल्स प्रालिको समूद्घाटन गर्दै उनले रेनोको बिस्तारको महत्वपूर्ण कोशेढुंगा भएको उल्लेख गरे ।
एडभान्स अटोमोबाइल्स प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक निकुन्ज अग्रवालले रेनोको विश्वव्यापी समूहले डिजाइन तथा विकास गरेको विशिस्टिकृत स्टाईल र विशेषता सहितको कारले ग्राहकहरुलाई आकर्षित गर्नेमा आफू विश्वस्त रहेको बताए ।
एडभान्स अटोमोबाइल्स प्रालिको स्टेट अफ आर्ट शोरुम काठमाडौं थापाथलीको जेसिस भवनमा छ । शुरुवातमा एडभान्स अटोमोबाईल प्रालिले क्विड तथा डस्टर उपलब्ध गराउने कम्पनीले जनाएको छ ।