नेपालले भारतसँग मैत्रीपूर्ण फुटबल खेल्ने
टीम नेपालले भारतसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । २३ जेठमा भारतको मुम्बईमा खेल हुने तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा) का विकास निर्देशक संजीव मिश्रले हिमालखबरलाई जानकारी दिए ।
टीम नेपालले ‘एएफसी एसियन कप २०१९ क्वालिफायर्स’ को तयारी स्वरुप मैत्रीपूर्ण खेल खेल्न लागेको मिश्र बताउँछन् ।
एसियन कप क्वालिफायर्स् अन्तर्गतको दोस्रो म्याच नेपाल र यमनबीच ३० जेठमा हलचोक मैदानमा हुँदैछ ।
चोटका कारण टीम नेपालको पहिलो रोजाईका तीन खेलाडी क्लोज क्याम्पमा छैनन् । किरणकुमार चेम्जोङ, रोहित चन्द र रविन श्रेष्ठ घाइते छन् ।