प्रमुख तीन दलको बैठक
प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन दलको बैठक बसेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा स्थानीय निकायको पुनःसंरचनाका विषयमा देखिएको विवाद, संविधान संशोधन तथा मधेसकेन्द्रित दललाई सहमतिमा ल्याउने विषयमा कुराकानी भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।
यसैबीच वरिष्ठ नेता पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले प्रधानमन्त्रीसँग संविधान संशोधन र मधेसकेन्द्रित दलको माग सम्बोधन लगायत विषयमा कुराकानी भएको जानकारी दिए ।
सत्तारुढ दल नेपाली कांग्रेस, एमाओवादी र प्रतिपक्षी नेकपा एमालेका शीर्ष नेताहरु सहभागी बैठकमा स्थानीय तह पुर्नसंरचना, तीन वटै निकायको
निर्वाचन, संविधान संशोधन, आर्थिक विधेयक लगायतका विषयमा छलफल भएको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली भने मुलुकबाहिर भएकाले बैठकमा सहभागी थिएनन् ।