राप्रपाः झापाका सबै नगरपालिकामा उम्मेदवार तय
राष्ट्रिय प्रजातन्त्र पार्टी झापाले स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि झापाका सबै नगरपालिकाका लागि उम्मेदवार छनोट गरिसकेको छ ।
राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनका अनुसार भद्रपुर प्रमुखमा नवराज पनेरु र उपप्रमुखमा राधा कार्की, मेचीनगर प्रमुखमा अशोक सुब्बा र उपप्रमुखमा सविना बजगार्इं, कन्काई प्रमुखमा केदार गिरी र उपप्रमुखमा चित्रा श्रेष्ठ, शिवसत्ताक्षी प्रमुखमा उमानाथ दाहाल र उपप्रमुखमा रोजी लुइँटेल, बिर्तामोड प्रमुखमा भक्ति सिटौला र उपप्रमुखमा लीला अनमोल दमक प्रमुखमा राम थापा र उपप्रमुखमा रीता श्रेष्ठ, अर्जुनधारा प्रमुखमा छविलाल लम्साल र उपप्रमुखमा छनोट हुन बाँकी तथा गौरादह प्रमुखमा अमरबहादुर विष्ट र उपप्रमुखमा उम्मेदवार छनोट हुन बाँकी रहेको छ ।
त्यस्तै बिर्तामोड नगरपालिका–१ मा वडाध्यक्षमा शारदा रिजाल तथा वडा सदस्यमा मुना विष्ट, सीता काफ्ले, सुचित्रा अधिकारी र मीना विश्वकर्मा गरी सबै महिला उम्मेदवार उठाउने भएको छ । ।