नेपालमा लगानी गर्न स्थायित्व नपर्खनुस्ः ढकाल
आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैर–आवासीय नेपालीलाई राजनीतिक स्थायित्वपछि मात्र नेपालमा लगानी गरौंला भनेर नबस्न आग्रह गरेका छन् । अमेरिकाको न्यू जर्सीमा भएको गैर–आवासीय नेपाली संघको नवौं क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन ।
नेपाल उधोग बाणिज्य महासंघ तथा नेपालको समग्र नीजि क्षेत्रको तर्फबाट सम्बोधन गरेका उनले राजनीतिक दलहरु र सरकारले देशको आर्थिक विकासमा प्रतिद्धता व्यक्त गर्दै आएकाले पनि नेपालमा लगानी गर्नुपर्ने धारणा राखे ।
अध्यक्ष ढकालले आफुले गैर–आवासीय नेपाली सम्मेलनमा निरन्तर सहभागिता जनाउँदै आएको र नेपालको नीजि क्षेत्र गैरआवासीय नेपालीहरुसँग सहकार्य गरी देशको आर्थिक विकास गर्न तयार रहेको बताए ।