त्रिपुरेश्वरमा बसको ठक्करबाट एकको मृत्यु
काठमाडौँको त्रिपुरेश्वरमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक व्यक्तिको मृत्यु भएको छ ।
आज, १३ भदौ दिउँसो बसको ठक्करबाट मृत्यु हुनेमा बा७३प ४३०९ नंको मोटरसाइकलमा सवार २२ वर्षीय विवेक बराइली रहेको प्रहरीले जनाएको छ ।
दक्षिणकाली यातायातको बा२ख ४०४२ नंको बसले मोटरसाइकललाई ठक्कर दिँदा धादिङ घर भएका गुर्जुधारा निवासी बराइलीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
रासस