कास्कीमा ६० प्रतिशत बढी मत खस्यो
कास्की जिल्लामा ६० प्रतिशतभन्दा बढी मत खसेको क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ ।
क्षेत्रीय निर्वाचन कार्यालय, पोखराका प्रमुख गङ्गालाल सुवेदीका अनुसार ७/८ सय मतदाता रहेको मतदान केन्द्रमा दिउँसो २ बजेपछि मतदाता आउने क्रम अत्यन्त न्यून भइसकेको छ ।
आजको निर्वाचनमा समाजका हरेक वर्ग र उमेरका नागरिकहरु उत्साहपूर्वक मतदानमा सहभागी भइरहेको सुवेदीले बताए ।