सकेट बम निस्क्रिय
भक्तपुरमा उम्मेदवारको घरमा फेला परेको सकेट बम निस्क्रिय पारिएको छ । नेकपा (एमाले)का तर्फबाट मध्यपुरथिमि नगरपालिकामा प्रमुखका उम्मेदवार रहेका मदनसुन्दर श्रेष्ठको घरको आँगनमा फेला परेको सकेट बम प्रहरीले निस्क्रिय पारेकाे हाे।
३१ बैशाख बिहान ५ बजे कालो झोलाले बेरेर खतरा भनेर लेखेर राखेको अवस्थामा गठ्ठाघरस्थित श्रेष्ठको घर अगाडि भेटिएको सकेट बम नेपाली सेनाको टोलीले निस्क्रिय गरेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए ।