प्रिमियम इन्स्योरेन्सको नयाँ लोगो सार्वजनिक
निर्जिवन बीमा सेवा प्रदायक कम्पनी प्रिमियर इन्स्योरेन्स कम्पनीले नयाँ लोगो सार्वजनिक गरेको छ ।
कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाँईले प्रिमियमको नयाँ लोगो सार्वजनिक गरेका हुन् ।
समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्यायले बीमा दाबीको प्रक्रिया सरलीकृत गर्न कम्पनीले छिट्टै अनलाइन प्रक्रियाबाट बीमा दाबी प्रक्रियाको सेवा शुरुआत गर्न लागेको जानकारी गराए ।
त्यस्तै चालु आव २०७३।७४ को तेस्रो त्रैमासिकको अन्तसम्ममा कम्पनीले रु. १ अर्ब ७७ लाख बीमा शुल्क आर्जन गरेको उपाध्यायले जानकारी दिए ।