पाँच करोड अवैध रकमसहित छ चिनियाँ नागरिक पक्राउ
महानगरीय प्रहरी अपराध महाशाखाले रु चार करोड ७५ लाख ६० हजार रुपैंयासहित छ चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
महाशाखाबाट खटिएको टोलीले आज बिहान पर्यटक गाडीसहित नागढुङ्गाबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
महाशाखाका प्रवक्ता एवम् प्रहरी उपरीक्षक प्रकाशजङ्ग कार्कीले काठमाडौँबाट गल्छी, रसुवा, केरुङ नाका हुँदै चीन जान लागेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेका चिनियाँहरुबाट अमेरिकी डलर तीन लाख ४९ हजार, युरो ६८ हजार, चिनिया युआन १४ हजार ४००, जापानी येन ३१ लाख, स्वीस फ्र्यान्क दुई हजार दुई सय, अस्ट्रेलियन डलर एक हजार ४००, स्टर्लिङ पाउण्ड एक हजार १०० र नेपाली रु २४ हजार ६०० बरामद गरिएको छ । रासस