लुम्बिनीमा बुद्ध जयन्ती विशेष कार्यक्रम
२५६१ औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको अवसरमा आज लुम्बिनीमा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले समग्र बुद्ध जन्मस्थल लुम्बिनीसहित अन्य बौद्ध स्थलको एकीकृत विकाशका लागि बुद्ध सर्किट अनिवार्य भएको बताएका छन् ।
बुद्धको जीवनसँग जोडिएका ठाउँ रामग्राम, गोटिहवा, तिलौराकोट, देवदह लगायतलाई जोडेर बुद्ध सर्किट निर्माण बनाउनुपर्ने उपराष्ट्रपति पुनले बताए । त्यस्तै उनले लुम्बिनीमा पर्यटकलाई कम्तीमा १० दिन बस्न सक्ने वातावरण मिलाउन स्थानीय व्यवसायीलाई आग्रहसमेत गरे ।
नेपालका लागि थाइल्याण्डका राजदूत भकावत तान्सकुलले लुम्बिनीको विकासमा थाइल्याण्डको साथ रहने बताए ।
मायादेबी मन्दिरबाट झाँकी सहितको शान्ति र्यालीले लुम्बिनीको विभिन्न स्थल परिक्रमा गरेको थियो ।
आज लुम्बिनीमा बिहानैदेखि सर्वसाधारण तथा विदेशी पर्यटकको भिड लागेको छ ।
दीपक ज्ञवाली, लुम्बिनी