‘यामाहा रेसमान्डु’ सम्पन्न
यामाहाको रेसिङ बाइक आर ३ को प्रायोजनमा ‘यामाहा रेसमान्डु’सम्पन्न भएको छ ।
ललितपुरको सातदोबाटामा नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) मा आबद्ध नेपाल मोटरसाइकल फेडरेसन क्लब (एनएमएफसी) को आयोजनामा रेसमान्डु सम्पन्न भएको हो ।
रेसमान्डुमा नोभिस अन्तर्गत २ समूह र नेसनल गरी ३ समूहमा खेल सञ्चालन भएको थियो । नोभिस क्याटागोरी ए समूहमा १९८ सिसी सम्मका र नोभिस क्याटागारी बी मा १९९ देखि २५० सिसीका मोटरसाइकल राइडर सहभागी थिए । त्यस्तै नेसनल क्याटागोरीको प्रतियोगितामा राइडरहरुले यामाहा आर १५ मोटरसाइकल कुदाएका थिए ।
प्रतियोगितामा कुल ९० जना खेलाडी सम्मिलित थिए । रेसमान्डुको यो पाँचौ संस्करण हो । यामाहाको आर–३ तीन सय २१ सीसीको इन्जिनयुक्त रेसिङ बाइक हो ।