चितवनमा माओवादी उम्मेदवारको चट्याङ लागेर मृत्यु
चितवनको कालिका नगरपालिका– ११ खोलागाउँका नेकपा माओवादी केन्द्रका तर्फबाट वडा सदस्यका उम्मेदवारको चट्याङ लागेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार स्थानीयवासी ३९ वर्षीय सिफल प्रजाको चट्याङले मृत्यु भएको हो ।
प्रहरीका अनुसार आज बिहान चट्याङ परेका बेला बेहोस भएका प्रजालाई उपचारका लागि कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा ल्याउँदै गर्दा बाटामा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
नजिकै चट्याङ परेपछि हृदयाघात भएर प्रजाको मृत्यु भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । उनको शरीरमा कुनै चोटपटक नभेटिएको प्रहरीले जनाएको छ । रासस