जन्ती बोकेको जिप दुर्घटना एकको मृत्यु, नौ घाइते
कपिलवस्तुमा गएराति जन्ती बोकेको जिप दुर्घटना हुँदा एकको मृत्यु र नौ जना घाइते भएका छन् ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका डेबरादेखि बहादुरगन्ज आउने क्रममा सवारी जिप पल्टिँदा डेबरा निवासी ३७ वर्षीय पप्पु पासीको दुर्घटनास्थलमा मृत्यु भएको हो ।
घाइतेको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बहादुरगन्जका प्रहरी सहायक निरीक्षक दिपेन्द्र गिरीले बताए । रासस