एनसेलले पायो ‘टेलिकम एशिया अवार्डस् २०१७’
मोबाइल सेवा प्रदायक कम्पनी एनसेल ‘टेलिकम एशिया अवार्डस् २०१७’ बाट सम्मानित भएको छ ।
राष्ट्रिय प्रसारण लाइन नपुगेका समुदायहरुमा सौर्य लघुग्रीड सञ्चालकसँग सहकार्य गर्दै, स्थानियवासीलाई सञ्चार तथा ऊर्जा सेवा पुर्याउन एनसेलले गरेको प्रयासलाई नवीन टेलिकम परियोजना ठहर गर्दै टेलिकम एशियाले अवार्ड प्रदान गरेको हो ।
एनसेलले नवीन टेलिकम प्रोजेक्ट अन्तर्गत अन्तिम चरणमा पुगेको गुगलको ‘प्रोजेक्ट लोन’, चाईना युनिकमको इन्टरनेट अफ थिङ्गस्मा आधारित स्मार्ट पार्किङ्ग र साउथ कोरियन एसके टेलिकमको भर्चुअल असिस्टेन्ट सर्भिस ‘नुगु’ लाई पछाडि पार्दै यो अवार्ड हात पार्न सफल भएको हो ।
एनसेलको तर्फबाट कर्पोरेट संवाद निर्देशक सञ्जु कोइरालाले उक्त अवार्ड ग्रहण गरेकी थिइन् ।