विदेशमै मतदानको व्यवस्था गर्न गैरआवसिय नेपाली सङ्घको माग
गैरआवसिय नेपाली सङ्घले विदेशी भूमिबाट मतदान गर्न पाउनुपर्ने माग गरेको छ ।
गैरआवसिय नेपाली सङ्घका उपाध्यक्ष भवन भट्टले प्रेस विज्ञप्ति जारी गर्दै विदेशमा रहेका नेपालीहरू मतदानको अधिकार प्रयोग गर्न वञ्चित भएको बताएका हुन् ।
सङ्घले विदेशमा रहेका नेपालीहरू मतदानको अधिकारबाट वञ्चित रहेको र यो अधिकारको सम्बोधन हुनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण समेत गराएको छ ।
विज्ञप्तिमा भनिएको छ– “घर परिवार समाज र राष्ट्रले हामीले पठाउने नोट भने खुसीसाथ स्विकार्ने तर हाम्रो भोट गर्ने अधिकारको भने चर्चासमेत गरेको देखिदैन। तसर्थ, यो मुद्दालाई औपचारिक रूपमै "नोट चल्ने भोट नचल्ने ? अभियान मार्फत शुरु गर्दैछौ।”
नागरिकको मतदान गर्न पाउने आधारभूत अधिकार सम्बोधन गरिनुपर्ने भन्दै सङ्घले नोट चल्ने भोट नचेल्ने अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउने जनाएको छ ।