महाभियोगविरुद्ध काठमाडौंमा प्रदर्शन
प्रधानन्यायाधीश सुशीला कार्कीमाथि संसदमा दर्ता महाभियोगविरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ ।
माइतिघर मण्डलामा जम्मा भई शुरु भएको जुलुश नयाँ बानेश्वर पुगेर सभामा परिणत भएको छ ।
जुलुशका सहभागीहरुले ‘महाभियोग प्रस्ताव तुरुन्त फिर्ता गर’, ‘न्यायालय डाम्न पाइँदैन, चुनाव भाँडन पाइँदैन’ लगायतका नारा लेखेको प्लेकार्ड प्रदर्शन गरेका थिए ।
जुलुशमा कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध समेत नारा लागेको थियो ।
नागरिक अलायन्सले आयोजना गरेको जुलुशमा साझा पाटी, विवेकशिल नेपाली, नयाँ शक्ति पार्टी लगायतका राजनीतिक दलहरुको समेत सहभागिता थियो ।