प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
प्रधानमन्त्री एवम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीबीच केही बेरअघि भेटवार्ता भएको छ ।
सभामुख ओनसरी घर्तीको कार्यकक्ष सिंहदरबारमा भएको भेटमा निर्वाचन कसरी अघि बढाउने र बजेट ल्याउने सम्बन्धमा छलफल भएको प्रधानमन्त्री पुष्पकमल दाहालले बताए ।
भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै दाहालले भने, “निर्वाचन सम्पन्न गर्ने वातावरण बनाएर जानपर्छ भन्नेमा प्रमुख प्रतिपक्ष दलका नेतासँग कुरा भयाे ।बजेट निर्वाचन मितसँग सम्बन्धित विषयमा उहाले अाफ्ना कुरा राख्नुभयाे । निर्वाचन कसरी अघि बढ्छ भन्नेबारे कुरा भयो । निर्वाचन र बजेटको विषयमा उहाँ (केपी ओली) को चासो थियो । ”
उनले स्थानीय तहमा उम्मेदवारी दर्ता भोलि १९ वैशाखमा हुने र आफूहरु समझदारीमा अघि बढ्ने बताए ।
प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावबारे उनले भने, " नियम कानुन प्रक्रिया अनुसार चिज ( महाअभियाेग)अघि बढ्छ।"