राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री पुष्पकमल दाहालले समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गरेका छन् ।
राष्ट्रपति भवन शीतलनिवासमा आज भएको भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रम, स्थानीय तहको निर्वाचन र प्रधानन्यायाधीश सुशीला कार्कीको महाअभियोगका विषयमा छलफल भएको थियो ।
सो अवसरमा राष्ट्रपति भण्डारीले निर्वाचन र प्रधानन्यायाधीशको महाअभियोगका विषयमा जिज्ञासा राखेकी थिइन् । जवाफमा प्रधानमन्त्री प्रचण्डले घोषित ३१ वैशाखको निर्वाचन समयमै हुने बताएका थिए ।
“घोषित निर्वाचन नरोकिने र पछिल्ला राजनीतिक घटनाक्रमले कुनै असर पार्दैन” – प्रधानमन्त्रीलाई उद्धृत गर्दै उनका सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
राष्ट्रपतिले प्रधानन्यायाधीशका सम्बन्धमा राखेको जिज्ञासामा प्रधानमन्त्रीले व्यवस्थापिका–संसद्भित्रको लोकतान्त्रिक विषय भएको स्पष्ट गराएको आचार्यले बताए ।
रासस