राप्रपाले केन्द्रीय कार्य सम्पादन समितिको बैठक डाक्यो
प्रधानन्यायाधीश विरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको सन्दर्भमा छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले भोलि विहान केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ ।
बैठकमा महाभियोग प्रस्ताव लगायतका विषयमा छलफल हुने पार्टीका प्रवक्ता सुशील श्रेष्ठले जानकारी दिए । “महाभियोगको प्रस्तावलाई हामीले गम्भीरतापूर्वक लिएका छौं,” उनले भने, “सत्तापक्षबाटै लोकतन्त्रविरोधी काम भएको छ, हामी भोलि केही ठोस निर्णय गर्छौं ।”
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले महाभियोग प्रस्ताव दर्ता गरेलगत्तै राप्रपा अध्यक्ष कमल थापाले उक्त प्रस्ताव दुर्भाग्यपूर्ण साथै न्यायिक स्वतन्त्रतामाथि गम्भीर आक्रमण भएको बताएका थिए ।