गृहमन्त्री निधिले सरकार छाडे
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिएका छन् ।
प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएको केही बेरमै गृहमन्त्री निधिले प्रधानमन्त्री समक्ष राजीनामा बुझाएका हुन् ।
उनले प्रधानमन्यायाधीश सुशीला कार्की बिरुद्ध महाअभियोग प्रस्ताव दर्ता हुने बारे कुनै जानकारी नदिइएका कारण राजीनामा दिएको बताएका छन् ।
यसअघि प्रहरी महानिरीक्षकको नियुक्ति, सरकारमा वरियताको विषयलाई लिएर पनि निधि असन्तुष्ट थिए ।