तीन पूर्व आईजीपीलाई जेल सजाय
सुडान घोटाला काण्डमा नेपाल प्रहरीका तीन जना पूर्व महानिरीक्षकलाई सर्वोच्च अदालतले जेल सजायको फैसला सुनाएको छ ।
१७ वैशाखमा प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलालसले जेल सजायको फैसला गरेको हो । पूर्व प्रहरी महानिरीक्षक (आईजीपी)हरु ओमबिक्रम राणालाई दुई वर्ष कैद र रु.५० हजार, हेमबहादुर गुरुङलाई एक वर्ष कैद र रु.४० हजार तथा रमेश चन्द ठकुरीलाई एक वर्ष कैद र रु.४० हजार जरिवानाको फैसला गरेको छ ।
त्यस्तै तत्कालिन प्रहरी अतिरिक्त महानिरीक्षक श्यामसिंह थापा र दीपकसिंह थाङदेङलाई एक वर्ष कैद र रु.४० हजार जरिवाना गरिएको छ । यसैगरी तत्कालिन प्रहरी नायव महानिरीक्षक दीपककुमार श्रेष्ठ र एसएसपी रविप्रताप राणालाई ६ महिना कैद र रु.३० हजार जरिवानाको फैसला गरेको छ । अन्य आरोपीहरुलाई आदेश पालना गरेको उल्लेख गर्दै सफाइ दिएको छ ।
नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का सांसदहरुले १७ वैशाखमै प्रधानन्यायाधीश कार्कीविरुछ संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएका छन् ।