सरकारी डाक्टरले निजी अस्पतालको पक्षपोषण गरेः स्वास्थ्यमन्त्री थापा
स्वास्थ्यमन्त्री गगनकुमार थापाले सरकारी अस्पतालमा काम गर्ने डाक्टरले नै निजी अस्पतालको पक्षपोषण गरेको बताएका छन् ।
आजदेखि काठमाडौँमा शुरु भएको क्यान्सर उपचारकाे मापदण्ड सम्बन्धी कार्यशालामा बोल्दै मन्त्री थापाले स्वास्थ्य मन्त्रालयले आवश्यक सहयोग गरे पनि सरकारी अस्पतालका डाक्टरले निजी अस्पताललाई पक्षपोषण गरेको भन्दै आपत्ति जनाएका हुन् ।
मन्त्री थापाले भने, “मन्त्रालयबाट सारा कुरा सहयोग गर्छु, भन्दा पनि सरकारी अस्पतालको सेवा सुध्रिन सकेको छैन । सरकारी अस्पतालमा काम गर्ने चिकित्सक संलग्न भएरै निजी अस्पताल चलेका छन् ।”
उनले निजीमा सरकारी डाक्टरले काम गर्न थालेकाले सरकारी अस्पतालबाट आम नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउन नसकेको बताएका छन् ।
रामु सापकोटा