बजाज आर ई अब हेटौंडामा
नेपालमा बजाज आर ई (थ्री ह्वीलर टेम्पु) विक्री गर्नेे अधिकृत विक्रेता एचएच बजाजले हेटौंडामा नयाँ शोरुम स्थापना गरेको छ ।
नयाँ शोरुम अर्थात् होराईजन अटो प्रालिले बजाज आर ईको विक्रिकासाथै स्पेयर पार्टस तथा एसेसरिजका सम्पूर्ण सेवा प्रदान गर्नेछ ।
“एउटा यस्तो लगानी जसले गर्दछ शुरुको दिनदेखि नै आम्दानी’ भन्ने योजनाकासाथ नेपालमा आर ईको बिक्री शुरु गरिएको कम्पनीले जनाएको छ ।
उपभोक्ताहरुको बढ्दो मागकै कारण आर ई को शाखा विस्तार हुँदै गएको एचएच बजाजले जनाएको छ ।
शोरुम स्थापनाको अवसरमा कम्पनीले ग्राहकहरुका लागि पुरस्कारको व्यवस्थासमेत गरेको छ ।