महानगर प्रमुखमा उम्मेदवार बन्न उपप्राध्यापकबाट राजीनामा
स्थानीय तहको निर्वाचनमा पोखरा–लेखनाथ महानगरपालिका प्रमुखमा उम्मेदवार बन्न देवराज चालिसेले उपप्राध्यापकबाट राजीनामा दिएका छन् ।
नेपाली काँग्रेसबाट प्रमुख उम्मेदवारको सिफारिसमा परेका चालिसेले त्रिवि उपकुलपतिको कार्यालयमा राजीनामा दिएको पृथ्वीनारायण क्याम्पसका सहायक क्याम्पस प्रमुख वसन्त पराजुलीले जानकारी दिए ।
चालिसे त्रिवि अन्तर्गतको पृथ्वीनारायण क्याम्पस पोखराका राजनीतिशास्त्रका उपप्राध्यापक हुन् । काँग्रेस कास्कीले महानगरपालिका प्रमुखका लागि उनीसहित ३३ जनाको नाम पार्टीको केन्द्रीय कार्यालयमा सिफारिस गरेको छ । रासस