एक क्विन्टल चाँदीसहित दुई पक्राउ
झापाको भद्रपुर विमानस्थलबाट एक क्विन्टल चाँदी सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
१५ बैशाख अपराह्न ४ बजेको बुद्ध एयरको उडानमा काठमाडौंबाट झापा ल्याइएको उक्त चाँदीसहित झापा बुद्धशान्ति– ३ का ३२ वर्षीय मनोज गोयल र झापा गाँउपालिका २ का २७ वर्षीय पुण्यप्रसाद अधिकारीलाई भद्रपुर विमानस्थलमा खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई कार्गाे गरी ल्याएको २० केजी दरका पाँच पोका चाँदीसाथ पक्राउ गरिएको झापाका वरिष्ठ प्रहरी उपरीक्षक सैलेश थापाले जानकारी दिए ।
बरामद चाँदीको मूल्य करिब रु ६७ लाख ७२ हजार रहेको प्रहरीले जनाएको छ ।
गोपाल गडतौला, झापा