प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक
संविधान संशोधनलगायत मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले १५ वैशाख अपराह्न सर्वदलीय बैठक बोलाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा हुने सर्वदलीय बैठकमा व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गरेका सबै राजनीतिक दलका शीर्षनेतालाई आमन्त्रण गरिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । बैठकमा संविधान संशोधनसँगै स्थानीय तहको निर्वाचन सम्बन्धी छलफल हुने जनाएको छ ।