शिवम् सिमेन्टको ‘नो कम्प्रोमाईज’ बिरगञ्जमा
शिवम् सिमेन्ट आफ्नो सामाजिक उत्तरदायित्वको अभियान नो कम्प्रोमाइज लिएर बिरगञ्ज पुगेको छ ।
यस अन्तर्गत शिवम्ा्ले बिरगञ्जका मुख्य चोक, अस्पताल, पार्क, सडक लगायतविभिन्न ठाउँमा सन्देशमुलक ‘नो कम्प्रोमाईज’ प्लेकार्ड प्रदर्शन गरेको छ ।
आममानिसको दैनिक जीवनशैली र सोचमा सकारात्मक प्रभाव पार्न साधारण र संवेदनशील विषयहरू प्ले कार्डमा उठाइएको कम्पनीले जनाएको छ ।
याे अभियान मार्फत समाज स्वस्थ, सुरक्षित र सकारात्मक हुने शिवम् सिमेन्टको विश्वास रहेको छ ।