विशाल गोल्ड कपः विभागीय टोली आर्मी सेमिफाईनलमा
विभागीय टोली नेपाल आर्मीले वीरगञ्जमा जारी प्रथम टुबोर्ग विशाल मेमोरियल गोल्डकप फुटबल टुर्नामेन्टको अन्तिम चारमा स्थान बनाएको छ ।
नारायणी रङ्गशालामा १२ वैशाखमा भएको खेलमा हिमालयन शेर्पालाई टाइबेकरमा ४–३ ले पन्छाउँदै आर्मीले अन्तिम चारमा स्थान बनाएको हो ।
पहिलो हाफको ४६ औँ मिनेटमा जर्सी नम्बर १९ का नाइजेरियन खेलाडी एलेक्सले गोल गरे । तर उनले दिलाएको अग्रतालाई हिमालयन शेर्पाले जोगाउन सकेन । दोस्रो हाफमा आक्रमक खेल प्रदर्शन गरेको आर्मीका जर्सी नम्बर ३० का जर्ज प्रिन्स कार्कीले खेलको ७० औँ मिनेटमा जवाफी गोल गरे ।
निर्धारित ९० मिनेटको समयमा दुवै समूहले १/१ गाेलको बराबरी खेले । त्यसपछि खेलको अन्तिम निर्णय टाइबेकरबाट गरिएको थियोे । ट्राइबेकरमा हिमालयन शेर्पाका जर्सी नम्बर ४ का रवि थापा मगरले र जर्सी नम्बर ७ का बीरआर लामाले गोल गर्न सकेनन् ।
खेलको म्यान अफ दी म्याच आर्मी क्लबका गोल रक्षक विकेश कुथु घोषित भए । अब उपाधि दावेदार बन्नका लागि सेमीफाइनलमा आर्मी क्लबले १४ वैशाखमा जनजागृति युवा क्लब सिमराको सामना गर्नेछ ।
११ वैशाखमा भएको खेलमा विजय युथ क्लब हेटौडालाई पराजित गर्दै जनजागृति युवा क्लब सिमरा सेमीफाइनलमा प्रवेश गरेको हो । प्रतियोगितामा बुधवार हुने पहिलो सेमीफाइनल खेलमा विभागीय टिम नेपाल पुलिस क्लब र संकटा क्लब काठमाण्डौका बिच प्रतिस्पर्धा हुनेछ ।
सुरेश बिडारी