ब्वाइज युनियनलाई डिभाइनको ऐतिहासिक प्रायोजन
डिभाइन वाईनको उत्पादक महाकाली वाइन प्रालिले ‘बि’ डिभिजन फुटबल क्लब ब्वाइज युनियनसँग प्रायोजन सम्झौता गरेको छ । सम्झौतापछि क्लबको नाम 'डिभाइन ब्वाइज युनियन क्लब' भएको छ ।
महाकाली वाइनका अध्यक्ष किस्मत अधिकारी र क्लबका अध्यक्ष शधुध्न राजभण्डारीले ८ भदौमा सम्झैता पत्रमा हस्ताक्षर गरेका हुन । जस अनुसार एक वर्षका लागि क्लबलाई महाकाली वाईनले रु. १५ लाख उपलब्ध गराउने छ । ‘बि’ डिभिजन क्लबले पाएको यो रकम अहिलेसम्मको अत्याधिक हो ।
क्लबले वर्षभर खेल्ने सबै प्रतियोगितामा डिभाइन वाइनको लोगो अंकित जर्सी लगाएर खेल्नेछ भने क्लबको नामअघि प्रायोजकको नाम थपेर डिभाइन ब्वाइज युनियन क्लब हुनेछ ।
प्रायोजन सम्झौताको भोलिपल्ट भएको खेलमा डिभाइन ब्वाइज युनियनले सामाजिक युवक क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको छ ।