नवनियुक्त १३ मन्त्रीले शपथ लिए
नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागी १३ मन्त्रीहरुले शपथग्रहण गरेका छन् ।
आज विहान शितलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई शपथग्रहण गराएकी हुन् ।
नवनियुक्त मन्त्रीहरुमा अर्जुननरसिंह केसी (शहरी विकास), प्रकाशशरण महत (परराष्ट्र), बालकृष्ण खाँड (रक्षा), जीवनबहादुर शाही (पर्यटन), केशवकुमार बुढाथोकी (सामान्य प्रशासन), सूर्यमान गुरुङ (श्रम) छन् ।
त्यसैगरी सीतादेवी यादव (शान्ति तथा पुनर्निर्माण) , दीपक गिरी (सिँचाइ), रोमी गौचन थकाली (वाणिज्य), नवीन्द्रराज जोशी (उद्योग), हृदयराम थानी (गरिबी निवारण तथा सहकारी) मन्त्रीले पनि शपथ ग्रहण गरेका छन् ।
त्यस्तै गगन थापा (स्वास्थ्य) र शंकर भण्डारी (वन) ले पनि शपथग्रहण गरे ।
कांग्रेसका तर्फबाट यसअघि विमलेन्द्र निधि (उपप्रधान एवम गृह) र रमेश लेखक (यातायात) मन्त्रिपरिषदमा सहभागी भइसकेका छन् ।