जिप दुर्घटनामा तीनको मृत्यु
बाजुराको मार्तडीबाट गौमुल गाउँपालिकाको घटमुना जाँदै गरेको से. १ ज. ६३९ नं. को जिप १० वैशाखमा दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी गौमुल गाउँपालिका–६ का लाली रोकाया र वडा नं ४ मानोकोटका १६ वर्षीय रकेट रोकाया र सोही वडाका ५९ वर्षीय गङ्गबहादुर रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दलबहादुर बोगटीले जानकारी दिए ।
जिप दुर्घटनामा आठ जना घाइते भएका छन् । घाइतेको मार्तडीमा उपचार भइरहेको छ । तीव्र गतिका कारण अनियन्त्रित भई जिप दुर्घटना भएको प्रहरीको अनुमान छ । रासस