एएफसीद्वारा म्याच–फिक्सिङमा प्रतिबन्धित खेलाडीको अपिल खारेज
एसियाली फुटबल महासंघ (एएफसी) ले म्याच–फिक्सिङको अभियोगमा आजीवन प्रतिबन्धमा परेका चार नेपाली खेलाडी र एक जना पूर्व प्रशिक्षकको अपिल खारेज गरेको छ । एएफसी अफिल कमिटीको २५ अगस्टमा बसेको बैठकले कप्तान सागर थापा, उपकप्तान सन्दिप राई, गोलरक्षक रितेश थापा, मध्यपंक्तिका विकाससिंह क्षेत्री र पूर्व राष्ट्रिय खेलाडी एवं थ्रीस्टार क्लबका पूर्व प्रशिक्षक अञ्जन केसीको अपिल खारेज गरेको हो ।
अफगानिस्तान, फिलिपिन्स, मलेसिया र क्यामरुनविरुद्धको खेलमा मिलमतो गरेर उनीहरुले नेपाललाई हराएको एएफसीको निश्कर्ष छ ।
एएफसीले १५ डिसेम्बर २०१५ मा पाँचै जनालाई आजिवन प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।