थ्रीस्टार एएफसी कपको दोस्रो चरणमा
मंगोलियाको इर्चिम क्लबले कम्बोडियाको नागावल्र्ड क्लबलाई पराजित गरेपछि थ्रीस्टार क्लब एएफसी कप प्रि–क्वालीफाइङको फाइनल चरणमा प्रवेश गरेको छ । घरेलु टीम इर्चिमले ९ भदौमा नागाल्र्डलाई १–० गोल अन्तरले हराउँदा थ्रीस्टार चार अंक सहित समूह ए को विजेता भन्दै फाइनल चरणमा पुगेको हो ।
इर्चिमलाई २–० गोलले पराजित गरेको थ्रीस्टार नागावल्र्डसँग भने १–१ गोलको बराबरी खेलेको थियो ।
एएफसीे प्ले अफ २०१७ जनवरीमा हुँदैछ ।
तस्वीरः गोलनेपाल डटकम