ग्रीन डेभलपमेन्ट बैँकको पोखरा शाखा उद्घाटन
बाग्लुङमा मुख्य कार्यालय रहेका ग्रीन डेभलपमेन्ट बैँकले पोखरामा पनि शाखा सञ्चालन प्रारम्भ गरेको छ ।
नेपाल राष्ट्र बैँकका कायममुकायम गभर्नर चिन्तामणि शिवाकोटीले बैँकको तेस्रो शाखाको रुपमा पोखरा शाखाको आज उद्घाटन गरेका हुन् ।
बैँकको अर्को कार्यालय म्याग्दीको बेनीमा रहेको बैँकका निमित्त प्रमुख कार्यकारी अधिकृत बैकुण्ठ तिमिल्सेनाले जानकारी दिए ।
बैँकको उद्घाटन मन्तव्य दिँदै कायममुकायम गभर्नर शिवाकोटीले बैँकहरुले सामाजिक उत्तरदायित्व पुरा गर्नुपर्नेमा जोड दिए । “नाफा संचालकहरुले मात्र लिने होइन, उनले भने, कम्तिमा एक प्रतिशत सामाजिक खर्चमा अनिवार्य खर्च गर्नुपर्छ ।”
उद्योगपति तथा व्यवसायीहरुले आ–आफ्नै बैँक खोल्ने प्रवृत्ती रोक्न उनले सुझाव दिए ।
उद्योगपतिले आफ्नै बैँकबाट ऋण लिने र मिनाहाका लागि कसरत गर्ने भन्दै उनले अगाडि भने, बैँकरले बैँक चलाउने हो, उद्योगपतिले उद्योग चलाउनुस् ।”
राष्ट्रबैँकले तोकेको सिमा भन्दा धेरै लगानी गरेका कारण बैँकमा लगानीयोग्य तरलता अभाव देखिएको शिवाकोटीको भनाई छ ।
“राष्ट्र बैँकले बचतको ८० प्रतिशत मात्र लगानी गर्ने सिमा दिएकोमा बैँकहरुले धेरै लगानी गरे,” शिवाकोटीले भने, “आशा गरिएजति पूँजीगत खर्च हुन नसक्नु नै तरलता अभावको अर्को कारण हो ।”
उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन समेत उनले आग्रह गरेका छन् । कृषि कर्जा दिँदा बैँकले लिने व्याजको ५० प्रतिशत सरकारले तिरिदिने भन्दै किसानलाई यसबारे सचेतना उत्पे्ररणा दिन समेत उनले आह्वान गरेका छन् ।
नेपालकै कान्छो बैँकको रुपमा २०७० मा बाग्लुङबाट कारोबार थालेको ग्रीन डेभलपमेन्ट बैँकको शुरुवाती पूँजी १० करोड थियो । यसै आर्थिक बर्ष भित्र नेपाल राष्ट्र बैँकले ४० करोड पु¥याउने लक्ष्य दिएको बैँकका संचालक सदस्य दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।
बैँकको पूँजी बढाउन सााधारण सभाबाट निर्णय गरिसकेको समेत उनले बताए ।
म्याग्दीको दरभाङ र बाग्लुङका विभिन्न ग्राामिण क्षेत्रमा शाखा विस्तारको तयारी गरेको बैँकका अध्यक्ष गणेशकुमार श्रेष्ठले जानकारी दिए ।
युवराज श्रेष्ठ, पोखरा