बाजेको सेकुवाको शाखा गोङ्गबुमा
सेकुवा पारखीहरुका लागि लोकप्रिय नाम बाजेको सेकुवाले काठमाडौं, गोङ्गबुमा नयाँ शाखा स्थापना हुने भएको छ ।
यसै महिनाबाट शुरु हुने शाखामा सेकुवा, नेपाली खाना सेट लगायत विविध नेपाली खाजा तथा खाना उपलब्ध हुने बाजेको सेकुवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
फ्रान्चाईज मोडलमा आधारित गोङ्गबु शाखा, बाजेको सेकुवाको काठमाण्डौं उपत्यकाको चौँथो फ्रान्चाईज हो ।
आफ्नो पहिलो फ्रन्चाईज पोखराको नागढुङ्गामा २०७१ जेष्ठमा खोलेको बाजेको सेकुवाको पूर्ण स्वामित्वमा सञ्चालित पाँच सहित १० वटा शाखाहरु छन् ।