१३ औं अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला शुरू
१३ औं अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि प्रदर्शनी–२०७४ राजधानीमा शुरु भएको छ ।
लघु, घरेलु तथा साना उद्योगहरुको उत्पादनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको हो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ, विज्ञान तथा प्रविधि मन्त्रालय र उद्योग मन्त्रालयले संयुक्त रूपमा मेलाको आयोजना गरेका हुन् ।
मेलाको उद्घाटन गर्दै उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले घरेलु तथा साना उद्योगहरू सुदृढ नभएसम्म मुलुकको आन्तरिक उत्पादनलाई बढाउन सम्भव नहुने बताए ।
मेलामा २१५ वटा स्टल रहेकोमा ५७ वटा बैज्ञानिक खोज, अनुसन्धान र नवीनतम प्रविधिसंग सम्बन्धित स्टलहरु रहेका छन् ।
प्रदर्शनीमा करिव ६ करोडको आर्थिक कारोवार हुने र करिव १ लाखले प्रदर्शनीको अवलोकन गर्ने अनुमान गरिएको छ ।