अर्घाखाँची सिमेन्टको हर्न बजाउन निषेध अभियानलाई सहयोग
अर्घाखाँची सिमेन्टले काठमाडौं उपत्यकाभित्र लागू गरिएको हर्न बजाउन निषेध अभियानलाई सहयोग गरेको छ ।
अर्घाखाँची सिमेन्टले काठमाडौं महानगरपालिकासँग मिलेर चेतनामुलक व्यानरहरु शहरका विभिन्न भागमा राखेर अभियानलाई सहयोग गरेको हो ।
यो अभियानमा अर्घाखाँची सिमेन्टका साथै रेनोल्ट नेपाल तथा जिओनीको पनि सहयोग रहेको छ ।
काठमाडौं उपत्यकाभित्र सरकारले १ वैशाखदेखि सवारी साधनहरुले हर्न बजाउन निषेध गरेको छ ।