एनआईसी एशियाको समुन्नती बचत खाता
एनआईसी एशिया बैङ्कले “समुन्नती बचत खाता” को शुरुवात गरेको छ ।
ग्राहकलाई बचत खाता मार्फत अधिकतम ब्याज उपलब्ध गराउने उद्देश्यका साथ खाताको शुरुवात गरिएको बैङ्कले जनाएको छ ।
यस बचत खातामा शून्य मौज्दातमा वार्षिक आठ प्रतिशतका दरले ब्याज प्रदान गरिने बैङ्कले जनाएको छ ।
यस खाता अन्तर्गत निःशुल्क डेबिट कार्ड, निःशुल्क एसएमएस र इन्टरनेट बैंकिङ्ग तथा पाँच लाखसम्म निःशुल्क एबीबीएस सेवा रहेको छ ।
हाल बैङ्कले देशभरि १०२ शाखा मार्फत बैंकिङ्ग कारोबार गरिरहेको जनाएको छ ।