नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशत पुग्ने विश्वबैंकको अनुमान
विश्वबैंकले नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशत पुग्ने अनुमान गरेको छ ।
गतवर्ष भूकम्प र भारतीय नाकाबन्दीका कारण थलिएको नेपालको अर्थतन्त्र अहिले सुधारोन्मुख भएको एक रिपोर्ट सार्वजनिक गर्दै बैंकले लोडसेडिङ्को अन्त्यले पनि अर्थतन्त्रमा सुधार हुँदै गएको जनाएको छ ।
२०१५ मा गएको भूकम्पका कारण गत वर्ष सन् २०१६ मा नेपालको आर्थिक बृद्धिदर ०.६ प्रतिशतमा सिमित भएको थियो ।
त्यस्तै आगामी वर्ष सन् २०१८ मा नेपालको आर्थिक बृद्धिदर ५.५ प्रतिशत हुने र सन् २०१९ मा ४.५ प्रतिशत रहने बिश्व बैंकको अनुमान छ ।
विश्वबैंकका अनुसार दक्षिण एशियाली राष्ट्र माल्दिभ्स पनि आर्थिक मन्दीबाट विस्तारै उकालो लाग्ने क्रममा छ ।
नेपाल र माल्दिभ्स दुबैको औद्योगिक उत्पादन बढेको रिर्पाटमा उल्लेख छ ।
औद्योगिक उत्पादनले आर्थिक बृद्धिदरमा महत्वपूर्ण भूमिका खेलेको विश्व बैंकले जनाएको छ ।
त्यस्तै यो वर्ष भारतको आर्थिक बृद्धिदर ७.२ प्रतिशत, पाकिस्तानको ५.२, श्रीलंकाको ४.७, अफगानिस्तानको २.४, त्यसैगरी बंगलादेश र भुटानको ६.८ प्रतिशत आर्थिक बृद्धिदर हुने अनुमान विश्वबैंकले गरेको छ ।