नयाँ वर्षमा एनसेलको रोमिङ् अफर
जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले नयाँ वर्ष २०७४ को अवसरमा रोमिङ् अफर ल्याएको छ ।
यो योजना अन्तर्गत एनसेलले विदेश भ्रमणमा रहेका ग्राहकका लागि दैनिक डेटा रोमिङ् प्याक, रोमिङ् भ्वाइस र एसएमएस प्याकको योजना ल्याएको छ । यस अन्तर्गत ग्राहकले आफू रोमिङ्मा रहेको समयमा पनि सुलभ दरमा फोन गर्न सक्नेछन् ।
दैनिक रोमिङ् डेटा प्याक अन्तर्गत ग्राहकले निःशुल्क सेवा सुचारु गरी रु पाँच सयमा अनलिमिटेड डेटा प्रयोग गर्न सक्नेछन् । दैनिक रोमिङ् डेटा प्याक भारत, चिन, हङकङ, अमेरिका, बेलायतलगायतका ५३ देशमा लागू हुने एनसेलले जानकारी दिएको छ ।
यो अफर आजैबाट लागू भएको एनसेलले जनाएको छ ।
ग्राहकले एस्ट्रिक्स १७१२९ ह्यास डायल गरी प्राप्त जानकारी अनुसार दैनिक रोमिङ् डेटा प्याक र दैनिक रोमिङ् भ्वाइस र एसएमएस प्याक सुचारु गर्न सक्नेछन् ।