डीपीएलः रुपन्देही र काठमाडौंको लगातार जित
धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तरगत ३० चैतमा भएको खेलमा रुपन्देही च्यालेन्जर्स र काठमाडौं गोल्डेन्स विजयी भएका छन ।
धनगढीस्थित सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको रुपन्देहीले ६ विकेटको क्षतिमा १२९ रन बनायो । रुपन्देहीका लागि राजेश पुलामी ३१ र प्रकाश केसीले २९ रन बनाए । अत्तरियाका लागि विनोद लामा र प्रदीप ऐरीले २/२ विकेट लिए ।
प्रतिउत्तरमा अत्तरियाको सुरुवात राम्रो रहेन, ८७ रनमै समेटियो । ज्ञानेन्द्र मल्ल ३०, विनोद लामाले १८ र अविनाश बोहोराले १४ रन बनाए । रुपन्देहीका लागि सहव आलमले ४ र बिक्रम सोबले २ विकेट लिए । वेल्स क्याफे म्यान अफ द म्याच घोषित आलमले नगद रु.१० हजार पुरस्कार पाए ।
यस अघि भएको खेलमा काठमाडौं टस जितेर ब्याटिङ गरेको काठमाडौंले ५ विकेट गुमाउदै १७३ रन बनायो । काठमाडौंका लागि सुमित महर्जनले ४४, सोमपाल कामीले ३९, बसन्त रेग्मीले ३०, सुभेन्दु पाण्डेले २७ र नरेश वुढाऐरले १३ रन बनाए । विराटनगरका लागि शरद भेषावकरले दुई, सुशील कडेल र सन्दिप लामिछानेले एक/एक विकेट लिए ।
१७४ रनको लक्ष्य पछ्याएको विराटनगर १९ ओभरमा सबै विकेट गुमाएर ८७ रनमै खुम्चियो । विराटनगरका लागि दिपेन्द्र सिंह ऐरीले ३१ र शरद भेषावकरले १३ रन बनाए । काठमाडौंका सन्तोष भट्टले तीन, भुवन कार्की र बसन्त रेग्मीले दुई/दुई तथा मञ्जित श्रेष्ठ र सोमपाल कामीले एक÷एक विकेट लिए । वेल्स क्याफे म्यान अफ द म्याच सुमित महर्जन बने ।
डीपीएल अन्तरगत ३१ चैतमा पहिलो खेल टीम धनगढी र कञ्चनपुर आईकोनिक तथा दोस्रो खेल विराटनगर किंग्स र सीवाईसी अत्तरियाबीच हुने छ ।
धनगढी क्रिकेट एकेडेमी र सुदुरपश्चिमाञ्च एकेडेमीको संयुक्त आयोजनामा भईरहेको प्रतियोगितामा ६ टिम सहभागी छन् । सबैभन्दा ठूलो पुरस्कार रहेको क्रिकेट प्रतियोगिता डीपीएलले रु.१५ लाख र उपविजेताले रु.७ लाख पुरस्कार पाउने छन ।