एनआईसी एशिया बैङ्कका दुई नयाँ शाखा
एनआईसी एशिया बैङ्कले दुई नयाँ शाखाको उद्घाटन गरेको छ ।
बैङ्कले झापाको बुधबारे र सुनसरीको झुम्कामा दुई नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
बैङ्कले हरेक सम्भावित बजार क्षेत्रमा ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले शाखा थपिएको जनाएको छ । चाँडै नै थप केही स्थानमा शाखा सञ्चालन गर्ने योजना रहेको बैङ्कले जनाएको छ ।