अपी पावर हकप्रद सेयर निष्काशन गर्दै
अपी पावर कम्पनीले हकप्रद सेयर निष्काशनको तयारी गरेकाे छ ।
कम्पनीको २८ चैतमा सम्पन्न विशेष साधारणसभाबाट एक बराबर दुई कित्ता हकप्रद सेयर दिने प्रस्ताव पारित गरिएको हो ।
कम्पनीको हालको सेयर सङ्ख्या एक करोड पाँच लाख कित्ता छ । साधारणसभाले एक सेयर बराबर दुई सेयरका दरले हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।
प्रस्तावित सेयर निष्काशनबाट प्राप्त रु दुई अर्ब १० करोडमध्ये रु एक अर्ब त्रिशूली गल्छी जलविद्युत् आयोजनामा लगानी गरिनेछ । यस्तै रु एक अर्ब १० करोड भने विभिन्न सौर्य परियोजनामा लगानी गर्ने तयारी गरिएको कम्पनीले जनाएको छ ।
अपिले छिट्टै अपर चमेलियालगायत आयोजनामा लगानी गर्न लागेको पनि जानकारी दिएको छ ।