डीपीएल: रुपन्देही र अत्तरियाको विजयी सुरुवात
सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) को २८ चैतमा भएका खेल रुपन्देही च्यारेन्जर्स र सीवाईसी अत्तरियाले जितेका छन् । कञ्चनपुर आईकोनिकलाई हराउदै रुपन्देहीले र काठमाण्डौ गोल्डेन्सलाई हराउदै अत्तरियाले विजयी सुरुवात गरेका हुन ।
डीपीएलअन्तर्गत २८ चैत दिउसो भएको खेलमा रुपन्देही च्यालेन्र्जसले कञ्चनपुर आइकोनिकलाई १४ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले ८ विकेटको क्षतिमा १४५ रन बनाएको थियो । रुपन्देहीको लागि हरिशंकर साहले सर्वाधिक ३३ रन बनाए । त्यस्तै शंकर रानाले १९, प्रकाश केसीले २६, शक्ति गौचनले १६ र विक्रम सोवले १५ रन बनाए । कञ्चनपुर आईकोनिकको तर्फबाट कुशल भुर्तेलले ४, अविनाश कर्णले २ र सुनिल धमलाले एक विकेट लिए ।
कञ्चनपुरले राम्रोसँग खेल्न सकेन् । उसले २० ओभरमा ९ विकेट गुमाएर १३१ रन मात्रै बनायो । कञ्चनपुरका लािग सागर पुनले ३९, सुनिल धमलाले २८ र कुशल भुर्तेलले २७ रन बनाए । रुपन्देहीका साहव आलम र कृष्ण कार्कीले तीन÷तीन, शक्ती गौचनले दुई र दिपेश श्रेष्ठले एक विकेट लिए ।
यस अघि भएको पहिलो खेलमा सिवाईसी अत्तरीयाले काठमाडौं गोल्डेन्सलाई ४० रनले पारजित गरेको थियो । टस हारेर व्याटिङको निम्ता पाएको सीवाईसी अत्तरियाले ६ विकेटको क्षतिमा १४६ रन बनायो ।
अत्तरियाका लागि योगेन्द्र कार्कीले सिंह कार्कीले ५७, ज्ञानेन्द्र कुवरले ३४, दिलिप नाथले १५, प्रदिप ऐरीले १३ र रोशन नेपालीले १० रन बनाए । काठमाडौंका सोमपाल कामीले दुई, मन्जित श्रेष्ठ, आरके पौडेल र सन्तोष भट्टले एक÷एक विकेट लिए ।
प्रतिउत्तरमा काठमाडौंले १८.४ ओभरमा सबै विकेट गुमाएर १०६ रन मात्रै बनायो । काठमाडौंका सोमपाल कामीले ४० तथा सन्तोष भट्टले ३१ रन बनाउनु बाहेक अरुले दोहोरो अंक पनि बनाउन सकेनन् । सिवाइसी अत्तरीयाका अविनाश बोहराले ४ र विनोद लामाले ३ विकेट लिए ।
डिसिएल अन्तर्गत २९ चैतमा पहिलो खेल टीम धनगढी र विराटनगर किङस् तथा दोस्रो खेल कञ्चनपुर आईकोनिक र काठमाण्डौ गोल्डेन्सबीच हुने छ । धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिमाञ्च एकेडेमीको संयुक्त आयोजनामा सञ्चालन भएको प्रतियोगितामा ६ टिम सहभागी छन् ।